डेटलाइन डेमा विश्वकप स्टार भित्र्याउँदै चेल्सी

Read Time:2 Minute

विन्टर ट्रान्सफर विन्डोको ‘डेटलाइन डे’ आर्थत् अन्तिम दिन हो। यही इंग्लिस क्लब चेल्सीले कीर्तिमानी मूल्यका कतार विश्वकपका स्टार खेलाडी इन्जो फर्नान्डेसलाई भित्र्याउँदैछ।

अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउन महत्वूर्ण भूमिका खेलेका फर्नान्डेसलाई भित्र्याउन चेल्सीले ‘रिजिल क्लज’ बराबरकै १२० मिलयन युरो खर्चने छ।

विश्वकप लगत्तै चेल्सीले फर्नान्डेसलाई भित्र्याउन निकै प्रयास गरेको थियो । तर, पोर्चुगिज क्लब बेन्फिकाले चेल्सीले राखेको १ सय मिलियनको प्रस्ताव अस्वीकार गरेको थियो।

बेन्फिकाले प्रस्ताव अस्विकार गरेलगत्तै चेल्सीले सख्तर डोनेस्कका युक्रेनी स्टार मिखाइर मुड्रिकलाई १ सय मिलियन युरोमा अनुबन्धन गरेको थियो।

यो विन्टरमा चेल्सीले खेलाडी ट्रान्सफरमा ३ सय मिलियन हाराहारिमा खर्च गरिसकेको छ। फर्नान्डेस चेल्सी उनी यो विन्टरमा चेल्सी आउने आठौं खेलाडी हुनेछन्।

योसँगै फर्नान्डेस प्रिमियर लिगका सबैभन्दा महँगा खेलाडी पनि बन्ने छन्। अहिले इपिएलका महँगा खेलाडी ज्याक ग्रेलिस हुन्। उनलाई म्यान्चेस्टर सिटीले एस्टन भिल्लाबाट १ सय मिलियन युरोमा किनेको थियो।

फर्नान्डेज गत अगस्टमा मात्रै १० मिलियन पाउन्डमा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट बेन्फिका आएका हुन्। विश्वकप २०२२ मा गरेको प्रर्दशनका आधारमा उनीमाथि युरोपेली ठूला लिग क्लबले नजर लगाएका हुन् । उनी कतार विश्वकपमा उत्कृष्ट युवा खेलाडी हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post अन्तर्राष्ट्रिय टेबलटेनिसमा नेपाल प्रहरीले जित्यो स्वर्ण
Next post थ्री स्पोर्ट्सले भन्याे- नेपाल टि–२० लिगसँगको सम्झौता रद्द भयाे
Close