महिला साफ च्याम्पियनसिप : नेपाल चौथो पटक उपविजेतामै सीमित

महिला साफ च्याम्पियनपिस फुटबल प्रतियोगितामा नेपाल चौथौ पटक फाइनलमा पुगेर नेपाल उपाधि जित्नबाट वञ्चित भएको छ । लगातार चौथो फाइनलमा भारतसँग पराजित हुँदै नेपाल चौथो पटक उपविजेतामै सीमित बन्यो ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ ले पारजित हुँदै पुनः उपाधि जित्नबाट वञ्चित बनेको हो । योसँगै घरेलुमै मैदानमा महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना चकनाचुर भयो ।

योसँगै भारतले भने लगातार पाचौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । प्रतियोगितामा शतप्रतिशत नतिजा निकलोको भारत सबै संरकणको च्याम्पियन हो ।

नेपाल भने ४ पटक फाइलन पुगेर पनि चारै पटकक भारतसँग पराजित हुँदै उपविजेतामै सीमिति बन्दै आएको छ । नेपाल महिला साफ च्याम्पियनसिपको सुरुवाती ३ संस्कणमा पनि फाइलनमा भारतसँग पारजित भएको थियो ।

प्रतियोगितामा नेपालले भारतविरुद्ध कुनै पनि खेल जित्न सकेको छैन । महिला साफको पाचौं संस्करणसम्म आइपुग्दा नेपालले ५ खेलमा गुमाएको छ, ती ५ वटै खेल नेपालले भारतसँग गुमाएको हो ।

नेपाललाई ३–१ हराउँदै भारत पाचौं पटक च्याम्पियन

नेपाललाई घरेलु मैदानमा पराजित गर्दै भारतले लगातार पाचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा भारतले नेपालमाथि ३–१ को सहज जित निकाल्यो ।

खेलमा भारतले सुरुवाती अग्रता लियो । २६ औं मिनेटमा मिडफिल्डर डालिमा छिब्बरले फ्रिक्किमा उत्कृष्ट गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ३३ औं मिनेटमा साम्बा अर्थात् सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । साम्बाले गीता राई क्रसमा हेडिङ मार्फत् गोल गरेकी थिइन् ।

पहिलो हाफामा भारतलाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा भने आफ्नो लय गुमायो र २ गोल खायो । दोस्रो हाफमा नेपालले लागतार मिस पास खेल्न भारत खेलमा पकड कायम गरेको थियो ।

नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै भातरले पुनः खेलमा अग्रता लियो । ६३औं मिनेटमा भारतकी ग्रेस दाङ्तेइले डिफेन्सको गल्तीमा वान भर्सेस वानमा गोल गर्दै गरेकी थिइन् ।

त्यसपछि झन लय गुमाएको नेपालले ७८ औं मिनेटमा अर्को गोल खायो । डिफेन्सले राम्रोसँग मार्क गर्न नसक्दा अन्तु तामाङले गोल गरिन् ।

नेपालका लागि साम्बा बाहेक अन्य कुनै पनि खेलाडीले गोलको अवसर सिर्जना गर्न सकेनन् । भारतीय खेलाडीको कडा निगरानीमा रहेकी साम्बाले खेलमा २ राम्रो अवसर सिर्जना गरेकी थिइन् । दुवै अवसरलाई भारतकी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै भारतको संकट टारेकी थिइन् ।

सावित्राको कीर्तिमान

पाचौं साफ च्याम्पियनसिपको फाइलनमा भारतविरुद्ध ३२ औं मिनेटमा गोल गर्दै नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारीले कीर्तिमान कायम गरिन् ।

भारतविरुद्धको उक्त गोलसँगै सावित्राले नेपाली राष्ट्रिय टिमबाट सार्वधिक गोल गर्ने कीर्तिमान कायम गरिन् । उनले नेपालका २६ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

विरानगरमा भएको प्रतियोगिताका सबै खेलमा समान १ गोल गरेकी सावित्राले नेपाली राष्ट्रिय महिला टिमकी पूर्वकप्तान जमुना गुरुङलाई पछि पार्दै कीर्तिमान बनाएकी हुन् । अहिले राष्ट्रिय टिमबाट बाहिर रहेकी जमुनाले २५ गोल गरेकी छिन् ।

तस्बिर : गोलनेपाल टडकम