लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई बराबरीमा रोक्दै ब्रइटन युरोपा लिगमा छनोट भएको छ। प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा ब्राइन्टरले सिटीलाई १–१को बराबरीमा रोकेको थियो।
प्रिमियर लिगमा बुधबार राति भएको खेलमा ब्राइटनले घरेलु मैदानमा पुनरागमन गर्दै बराबरी गरेको हो। ब्राइटनले सिटीको लगातार १२ खेलको जितमा पनि ब्रेक लगाएको छ।
फिल फोडेनले २५औं मिनेटमा गोल गर्दै च्याम्पियन सिटीलाई अग्रता दिलाएका थिए । तर एनसिसोले ३८औं मिनेटमा बराबरी गोल गरे ।
यस बराबरीपछि ब्राइटनको ३७ खेलबाट ६२ अंक भएको छ र शीर्ष ६ मा रहन उसका लागि यो अंक पर्याप्त हुनेछ । सातौं स्थानको एस्टन भिल्लाको ३७ खेलबाट ५८ अंक छ।