प्रिमियर लिगमा म्यनचेष्टर सिटीले सहज जित निकाल्दै लिभरपुल भने बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सिटीले बोर्नेमाउथमाथि ४–१को सहज जित निकाल्दा लिभरपुल क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो।
सिटीको जितमा जुलियन अल्भारेल, इर्लिङ हालान्ड, फिल फोडेनले गोल गरे भने एक गोल आत्मघाती भएको थियो। बर्नमाउथका जेफेर्सन लेर्माले गोल गरेका थिए।
जुलियन अल्भारेजले १५औं गोल गर्दै सिटीलाई अग्रता दिलाए । २९औं मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए। योसँगै हालान्ड सिटीका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । जारी लिगमा उनको यो २७औं गोल हो । यसअअघि २०१४–१५ मा सर्जियो अगुएरोले २६ गोल गरेका थिए।
४५औं मिनेटमा फोडेनले गोल गरेपछि पहिलो हाफमै सिटीले ३–०को अग्रता लियो। ५१औं क्रिस मेपहामले आत्मघाती गोलगरेपछि सिटीले ४–०को अग्रता लियो। ८३औं मिनेटमा लेर्माले गोल गर्दै बर्नेमाउथको अन्तर कम गरे। तर, त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।

यता, लिभरपुललाई क्रिस्टल प्यालेसले बराबरीमा रोक्यो। खेलमा अघिकांश समय क्रिस्टल प्यालेसमाथि दबाब बनाए पनि लिरभपुलले गोल गर्न सकेन।
जितपछि सिटी ५५ अंकसहित दोस्रो स्थानमा छ भने बर्नेमाउथ २१ अंकसहित १९औं स्थानमा छ। लिभरपुल ३६ अंकसहित सातौं स्थानमा रहँदा क्रिस्टल प्यालेस २७ अंकसहित १२औं स्थानमा छ।
अर्को खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि २३ खेलबाट ३६ अंक जो८को लिभरपुल सातौं स्थानमा छ ।