°
, May 30, 2023 in

ब्राजिलिय स्ट्राइकर जेसुस चम्किँदा आर्सनलको जित, ब्राइनट र ब्रेन्टफोर्डको रोमाञ्चक बराबरी

SHARE:

चोटमुक्त हुँदै मैदान फर्किएका ब्रजिलियन स्ट्राइकर ग्याब्रियल जेसुस चम्किएपछि प्रियिमर लिगमा लिग लिडर अर्सनल विजयी भएको छ। कतारविश्वकप पछि पहिलो खेल खेलिरहेका जेसुसले २ गोल गरेपछि आर्सनलले लिड्स युनाइटेडमाथि ४–१को सहज जित निकाल्यो।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफका दोस्रो मिनेटमै आर्सनले अग्रता दोब्बर बनायो। ४७औं मिनेटमा बेन ह्वाइटले गोल गरेका थिए।

५५औं मिनेटमा जेसुसले आर्सनलाई ३–०को अग्रता दिलाए। ७६औं मिनेटमा रास्मस क्रिस्टिनसनले गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गरे। तर, ग्रानिट जाकाले ८४औं मिनेटमा गोल गरेपछि आर्सनले ४–१ले विजयी भयो।

यस्तै, अर्कौ खेलमा ब्राइटन र ब्रेन्टफोर्डले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। खेलमा ३ पटकपछि परेको अवस्था उल्टाउँदै ब्राइन्टले बेन्टफोर्डलाई बराबरीमा रोकेका हो।

खेलमा ब्राइन्टनमा कौरु मिटोमा, एलेक्सिस मार्क एलिस्ट र ड्यानी वेलब्याकले गोल गर्दा ब्रेन्टफोर्डका पोन्टुस जन्सोन, इभान टोनी र नाथन पिनकले गोल गरे।

जितपछि आर्सनलले २९ खेलबाट ७२ अंकसहित शीर्ष स्थानमा छ। उसले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। म्यान्चेस्टर सिटी २८ खेलबाट ६४ अंकसहित दोस्रो स्थानमा छ । लिड्स २६ अंकसहित १६औं स्थानमा छ।

यस्तै, बराबरी खेलेका ब्राइटन र ब्रेन्टफोर्ड छैठौं र सातौं स्थानमा छन्। दुवैका समान ४३ अंक छ। ब्राइटनले २६ र ब्रेन्टफोर्डले २८ खेल खेलेका छन्।

SHARE: