प्रिमियर लिगमा टोटनह्याम विजयी

16 Dec, 2023

इंग्लिस प्रिमियर लिगमा टोटनहम विजयी भएको छ। शुक्रबार राति भएको खेलमा टोटनहमले नटिङहम फरेस्टलाई २–०ले हरायो।

टोटनहमको जितमा रिचार्लिसन र डेजन कुलुसेभस्कीले गोल गरे। टोटनहमले दुवै समान १ गोल गरेको थियो।

पहिलो हाफको अतिरिक्त समयमा रिचार्लिसनले गोल गर्दै टोटनमलाई सुरुआती अग्रता दिलाए। ६५औं मिनेटमा कुलसेभस्कीले टोटनहमको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा टोटनहम २–०ले वियी भयो।

जितपछि टोटनहम ३३ अंकका पाँचौं स्थानमा छ भने नटिङघम १४ अंकसहित १६औं स्थानमा छ।

प्रिमियर लिगअन्तर्गत आज ५ वटा खेल हुनेछन्। जसमा राति पौने ९ बजे ४ खेल हुँदा सवा ११ बजे एक खेल हुनेछ ।

बर्नमाउथ र लुटन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र फुलह्याम पौने ९ बजे आमने सामने हुनेछन् भने सवा ११ बजेको खेलमा बर्नले र एभर्टनले प्रतिस्पर्धा गर्नेछन्।