आजबाट सुरु हुँदै प्रिमियर लिगको नयाँ सिजन

विश्वकै सबैभन्दा चर्चित र प्रतिस्पर्धात्मक फुटबल लिग इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ। सन् २०२१–२२ को नयाँ सिजन आज रातिबाट सुरु हुन लागेको हो।

नयाँ सिजनको पहिलो भिडन्त लन्डन क्लब आर्सन र नवप्रवेशी बेनफोर्डबीच हुनेछ। खेल बेनफोर्डको घरेलु मैदानमा राति १२ः ४५ मा सुरु हुनेछ।

भोली साँझ म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको सामना गर्नेछ। चेल्सीले क्रिस्टल प्यालेस र लिभरपुलले नर्विच सिटीसँग भोली नै भिड्नेछन्। आइतबार राति साविक विजेता म्यानचेस्टर सिटीले टोटनहमको सामाना गर्नेछ।

गत सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो। उपाधि रक्षा गर्ने अभियानमा सिटी रहने छ। तर, उसको यो अभियानमा लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले टक्कर दिने अनुमान गरिएको छ।