°
, June 4, 2023 in

आजबाट सुरु हुँदै प्रियिमर लिग, ७ खेल हुँदै

SHARE:

इंग्लिस प्रियिर लिग आजबाट सुरु हुँदै छ। विश्वकपका कारण एक महिनाभन्दा समय स्थगित भएको लिग आजबाट सुरु हुन लागेको छ।

प्रिमियर लिगमा आज ७ खेल हुने छन्। पहिलो खेलमा टोटनहम र ब्रेन्टफोर्ड भिड्ने छन्। यो साँझ ६ः१५ बजे ब्रेन्डफोन्र्डको मैदानमा हुने छ।

यस्तै, राति ८ः४५ बजेमा साउथह्याम्पटले घरेलु मैदानमा ब्राइटनसँग खेल्ने छ भने सोही समयमा लेस्टर सिटी र न्युकासल, क्रिस्टल प्यालेस र फुलहम तथा एभर्टन र वुल्भ्स पनि भिड्ने छन्।

राति ११ः१५मा लिभरपुलले भिल्ला पार्कमा एस्टन भिल्लाको सामाना गर्ने छ। यस्तै राति १ः४५ मा लिग लिडर आर्सनले घरेलु मैदानमा वेस्टह्यामको सामना गर्नेछ।

लिगमा १४ खेलमा ३७ अंक जोड्दै आर्सन शीर्ष स्थानम छ भने ३२ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो १५ खेलमा ३० अंक जोडेको न्युकासल तेस्रो त्यति नै खेलमा २९ अंक जोडेको टोटनहम चौथो स्थानमा छ।

यस्तै, १४ खेलमा २६ अंक जोडेको म्यान्चेस्टर युनाइटेड पाँचौं स्थानमा छ भने त्यति नै खेलमा २२ अंक जोडेको लिभरपुल छैटौं स्थानमा छ।

नटिङ्घम फरेस्ट, साउथह्याम्पटन र वुल्भ्स भने पुछारमा छन्। समान १५ खेल खेलेका यिनीहरुले क्रमशः १३, १२ र १० अंक जोडेका छन्।

SHARE: