प्रिमियर लिगमा सिटी, लिभरपुल र चेल्सीको जित

प्रिमियर लिगमा शीर्ष तीन स्थानमा रहेका चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् । बुधबार राति भएके खेलमा सिटीले वाटफोर्डलाई २–१ले हराउँदा सिटीले एस्टन भिल्लामाथि २–१कै जित निकाल्यो । यता, लिभरपुलले एभर्टनमाथि ४–१को जित निकाल्यो।

बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २(१ ले हरायो । चेल्सीका लागि हाकिम जियाचले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि २९औं मिनेटमा मसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए भने वाटफोर्डका डेनिसले ४३औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यसैगरी दोस्रो स्थानको सिटीले एस्टन भिल्लालाई पनि २(१ ले नै पराजित गरेको छ । सिटीका लागि रुबेन डियाजले २७औं र बर्नार्डो शिल्भाले ४३औं मिनेटमा गोल गरेका थिए । ओली वाट्किन्सले दोस्रो हाफमा एस्टन भिल्लाका लागि एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

यस्तै मोहम्मद सलाहको दुई गोलमा लिभरपुलले सर्सिसाइड डर्बीमा एभरटनलाई ४(१ ले पराजित गरेको छ । लिभरपुलका जोर्डन हेन्डरसन र डिएगो जोटाले पनि गोल गरे । एभरटनका लागि डेमाराइ ग्रेले गोल फर्काए ।

जितपछि चेल्सी १४ खेलबाट ३३ अंक जोड्दै शीर्ष स्थानमै रहँदा वाटफोर्ड १४ खेलबाट १३ अंकसहित १७औं स्थानमा छ । सिटीले जितपछि १४ खेलबाट ३२ अंक जोड्दा एस्टन भिल्ला १४ खेलबाट १६ अंकसहित १३औं स्थानमा छ । लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ भने एभरटन १४ खेलबाट १५ अंकसहित १४औं स्थानमा छ ।