हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा

Read Time:1 Minute

एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा म्यान्चेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा सिटीले हालान्डको ह्याट्रिक मद्दतमा बर्नलीमाथि ६–०को सानदार जित निकाल्यो।

सिटीका लागि हालान्डको यो पाँच दिनभित्रको दोस्रो पटक ह्याट्रिक गरे । उनले यसै साता च्याम्पियन्स लिग लाइपजिग विरुद्ध एकै खेलमा ५ गोल गरेका थिए । यस्तै युलिजन अल्भारेजले दुई तथा कोल पाल्मरले एक गोल गरे ।

हालान्डले ३२औं र ३५औं मिनेटमा लगातार गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा चार गोल थप्यो । ५९औं मिनेटमा तेस्रो गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरे।

अल्भारेजले ६२औं र ७३औं मिनेटमा गोल गरे । पाल्मेरले ६८औं मिनेटमा एक गोल गरे ।

एफए कप अन्तर्गत आइतबार म्यानचेष्टर युनाइटेड र फुलहम, ब्राइटन र ग्रिम्स्बी टाउन तथा शेफिल्ड युनाइटेड र ब्ल्याकबर्न रोभर्सबीच क्वाटरफाइनल खेल हुनेछ । शुक्रबारै सेमिफाइनल ड्र पनि हुनेछ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एभर्टनसँग रोकियो चेल्सी
Next post उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध
Close