युरोकप २०२० छनोटको ‘ड्र’ सार्वजनिक भएको छ । युरोपका ५५ देशलाई १० समूहमा विभाजन गर्दै युरोपियन फुटबल फेडेरेसन (युइएफए) ले आइतबार छनोटको ड्र सर्वाजनिक गरेको हो ।
सर्वाजनिक ड्र अनुसार समूह ‘ए’देखि ‘इ’सम्म ५–५ टिम रहेको छन् भने ‘एफ’देखि ‘जे’ सम्म ६–६ टिम समावेश छन् । प्रत्येक समूहबाट उत्कृष्ट दुई टिम युरोकपका लागि छनोट हुनेछन् । बाँकी ४ टिम प्लेअफबाट छनोट हुनेछन् ।
आइतबार सार्वजनिक ड्र अनुसार ४ पटकको विश्वविजेता जर्मनी र नेदरल्यान्ड समूह सीमा छन् । नर्दन आयरल्यान्ड, इस्टोनिया र बेलारुस पनि समूह सीमै छन् । समूह एमा इंग्ल्यान्ड, चेक रिपब्लिक, बुल्गेरिया, मन्टेनेग्रो र कोसोभो छ भने समूह बीमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल, युक्रेन, सर्बिया, लिथुनिया र लेक्जेम्बर्ग छन् ।
होम एन्ड अवेका आधारमा हुने युरोकप छनोटको डीमा स्वीट्जरल्यान्ड, डेनमार्क, रिपब्लिक अफ आयरल्यान्ड, जर्जिया र जिब्राल्टर छन् । यस्तै, समूह ईमा विश्वकपको उपविजेता क्रोएसिया, बेल्स, स्लोभाकिया, हंगेरी र अजरबैजान छन् ।
यसैगरी समूह एफमा स्पेन, स्वीडेन, नर्वे, रोमानिया र फारोई आइसल्यान्ड र माल्टा छन् । समूह जीमा पोल्यान्ड, अस्ट्रिया, इजरायल, स्लोभेनिया, म्यासेडोनिया र लाट्भिया छन् ।
समूह एचमा रहेको विश्वविजेता फ्रान्सले युरोपक छनोटको समूह चरणमा आइसल्यान्ड, टर्की, अल्बानिया, माल्दोभा र एन्गडोरासँग भेट हुने छ । यस्तै बेल्जियम रहेके समूह आईमा रुस, स्कटल्यान्ड, साइप्रस, काजकिस्तान र सान मारिनो छन् ।
४ पटकको विश्वविजेता इटाली समूह जेमा परेको छ । यो समूहमा उसको भेट बोस्निया हजगोभिना, फिनल्यान्ड, ग्रीस, अर्मेनिया, लिच्टेस्टेइनसँग भेट हुने छ ।