म्याच प्रिभ्यू : जितको खोजीमा वेल्स, टर्की र स्वीट्जरल्यान्ड, इटाली र फिनल्यान्डको लय कायम राख्ने चाहना

यरोकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज हुने तीन खेलमा रुस र फिनल्यान्ड, वेल्स र टर्की तथा इटाली र स्वीट्जरल्यान्ड भिड्ने छन्।

रुस र फिनल्यान्डबीचको खेल सेन्ट पिटरर्सबर्गमा साँझ ६ः४५ मा सुरु हुने छ। पहिलो पटक युरोकप खेलिरहेको फिनल्यान्डले पहिलो खेलमै डेनमार्कलाई पराजित गरेकाले रुसविरुद्ध पनि त्यही प्रदर्शन दोहो¥याउन उसको चाहना हुने छ। पहिलो खेलमा बेल्जियमसँग २–०ले पराजित भएकाले रुसलाई भने जित्नै पर्ने दबाब हुने छ।

युरोमा रुसले आफ्ना पछिल्ला ६ खेलमा जित निकाल्न सकेको छैन, त्यसमध्ये ४ खेलमा पराजित छ । फिनल्यान्डविरुद्धको खेलमा भने रुस अगाडि छ । टोलीले आफ्नो छिमेकीविरुद्ध बेहोरेको एकमात्र हार सन् १९१२ को ओलम्पिकमा सम्भव भएको थियो ।

यस्तै, आजै हुने दोस्रो खेलमा वेल्स र टर्की भिड्ने छन् । खेल राति ९ः४५ बजे अजरबैजानको बाकुमा हुने छ। यो खेलमा जित निकाल्दै दुवै टिम नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन्। पहिलो खेलमा वेल्सले स्वीट्जरल्यान्डसँग बराबरी खेलेको थियो भने टर्की इटालीसँग ३–०ले पराजित भएको थियो। त्यसैले यो खेल बेल्सका लागि केही सहज हुने अपेक्षा गर्न सकिन्छ ।

टर्की पछिल्ला ७ खेलमा पराजित भएको छ। तर, वेल्सविरुद्ध टर्की हावी छ। टर्की वेल्ससँग सन् १९८१ मा पछिल्लो पटक पराजित भएको थियो ।

यसैगरी तेस्रो खेलमा रोममा राति १२ः४५ बजे इटालीले स्वीट्जरल्यान्डको सामाना गर्ने छ। स्वीट्जरल्यान्डलाई हराउँदै इटाली आफ्नो उत्कृष्ट लयलाई कायमै राख्ने दाउनमा हुने छ भने स्वीट्जरल्यान्ड इटालीविरुद्ध अंक खोस्दै अघिल्लो चरण पुग्ने सम्भावना बनाउन चाहन्छ ।

यसअघिका लागतार ९ खेलमा गोल नखाई जित निकलोको इटाली स्वीट्जरल्यान्डविरुद्ध पनि त्यसलाई कायम राख्न चाहन्छन् । यस्तो गर्न सके इटालीले दयस्तो उत्कृष्ट लय उसको फुटबल इतिहासमै दोस्रोपल्ट मात्र हुनेछ ।

Facebook Comments Box