अन्तर्राष्ट्रिय फुटबलफुटबलसमाचार

युक्रेनसँग रोकियो इंग्ल्यान्ड, इटाली रोकिँदा बेल्जियम विजयी

युरोकपको छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ। शनिबार राति भएको समूह सीको खेलमा इंग्ल्यान्ड युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा युक्रेनले पहिले अग्रता लिएको थियो । २६औं मिनेटमा अलेकजान्डर जिन्जेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए। तर ४१औं मिनेटमा इंग्ल्याण्डका काएल वाल्करले गोल गर्दै खेल बराबरी गरे।

खेलमा युक्रेनमाथि दबाबमा राखे पनि त्यसपछि गोल नहुँदा बराबरीमै सकियो।

समूह सी मा इंग्लयाण्डको ५ खेलबाट १३ अंक भएको छ र शीर्ष स्थानमै कायम छ । युक्रेन ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, अर्कौ खेलमा डिफेन्डिङ च्याम्पियन इटाली नर्थ मेसेडोनियासँग १–१ को बराबरीमा रोकिएको छ। सिरो इम्मोबाइलले ४७औं मिनेटमा गोल गर्दै इटलीकालाई अग्रता दिलाए पनि अन्तिसम्म कायम राख्न सकेन । नर्थ मेसेडोनियाका लागि ८१औं मिनेटमा एनिस बार्दीले बराबरी गोल गरे ।

बराबरीपछि ३ खेलबाट ४ अंकसहित इटली तेस्रो स्थानमा छ भने ४ खेलबाट उति नै अंक रहेको मेसेडोनिया चौथो स्थानमा छ।

यस्तै अर्को खेलमा यानिक करास्कोको निर्णायक गोल मद्दतमा बेल्जियमले अजरबैजानलाई १–०ले हरायो।