आजबाट १६औं संस्करणको युरोकपका क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन्। युरोकपका कुल ५१ खेलमध्ये ४४ खेल भइसकेका छन् । ४४ खेलमा युरोकपमा १२३ गोल भएका छन्। हरेक ३२ मिनेटमा गोल भएका छन् । ५ गोल गरेका क्रस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् भने ११ गोल गरेको स्पने सर्वाधिक गोल गर्ने टिम हो।