युरोकप छनोटमा सोमबार राति ठूला देशहरु विजयी भएका छन्। सोमबार राति भएका खेलमा फ्रान्स, नेदरल्यान्ड्स, स्वीडेन, सर्बिया, पोल्यान्डले आ–आफ्नो खेल जिते।
विश्वकप फाइनलिस्ट फ्रान्सलाई युरोकप छनोटको समूह बीमा लगातार दोस्रो जित दिलाउने क्रममा बेन्जामिन पाभार्डले निर्णायक गोल गरे। उनको गोल मद्दतमा फ्रानसले रिपब्लिक अफ आयरल्यान्डलाई १–०ले हरायो । उसले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो
यता, नेदरल्यान्ड्सले जिब्राल्टरलाई ३–० ले हरयो । छनोट पहिलो जित निकाल्ने क्रममका उसका लािग मेम्फिस डिपेले २३औं मिनेटमा गोल गरे भने त्यसपछि नाथन एकेले ५०औं र ८२औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए।
यस्तै स्वीडेनले अजरवैजानमाथि ५–० को फराकिलो जित निकाल्यो भने अष्ट्रियाले इस्टोनियालाई २–१ ले पाखा लगायो। समूह ईको खेलमा पोल्यान्डले अल्वानियालाई १–० ले हउँदा यही समूहको अर्को खेलमा चेक रिपब्लिक मोल्दोभासँग गोलरहित बराबरीमा रोकियो।