युरोपा लिगमा एट्लान्टासँग हार्‍यो लिभरपुल, लेभरकुसन विजयी

12 Apr, 2024

युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ। बिहीबार राति एन्डफिल्डमै लिभरपुल इटालियन क्लब एट्लान्टासँग ३–०ले परातिज भयो।

एट्लान्टाले लिभरपुलविरुद्ध पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए। यसका लागि जिआनलुका स्कामाकाले २ तथा मारियो पलासिचले १ गोल गरे।

३८औं मिनेटमा स्कामाकाले गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकिएको खेलमा ६०औं मिनेटमा स्कामाकाले नै एट्लान्टाको अग्रता दोब्बर बनाए।

त्यसपछि क्रोएसियन स्ट्राइकर पलासिचतले ८३औं मिनेटमा गोल गरेपछि एट्लान्टाले बलियो लिभरपुललाई ३–०ले स्तब्ध बनायो।

यस्तै, क्वार्टरफाइलनकै अर्को खेलमा बायर लेभरकुसनले इंग्लिस क्लब वेस्टहमलाई २–०ले हरयो। यो सिजन सबैखाले प्रतियोगितामा अपराजित रहेको लेभरकसनका लागि जोनस होफमन ८३औं र भिक्टर बोनिफेसले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए।

अन्य खेलका रोमाले एसी मिलानलाई १–०ले हराउँदै बेन्फिाकाले मार्सेलीमाथि २–१को जित निकाल्यो।

अन्य खेलमा रोमाले एसी मिलानलाई १(० र बेन्फिकाले मार्सेलाई २(१ गोलले पराजित गरेका छन्।