युरोपा लिगको ड्र : लेस्टर सिटी र नापोली एउटै समूहमा

युरोपा लिगको ड्र समूह चरणको ड्र सार्वजनिक भएको छ। युरोपियन फुटबल एसोसिएसन (युईएफए)ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार इंग्ल्सि क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली एउटै समूहमा परेका छन्।

यस्तै, स्कटिस च्याम्पियन रेन्जर्स र फ्रेन्च क्लब लियोन पनि एउटै समूहमा परेका छन् भने सेल्टिक, बायर लेभरकुसेन र रियल बेटिस पनि समूह चरणमै भिड्ने छन्।

१६ सेप्टेम्बरबाट सुरु हुने युरोपा लिग सन् २०२२को मे २५मा सकिने छ । प्रतियोगिताको फाइनल अल्बानियाको राजधानी टिरानामा हुनेछ।

कुन समूह कुन टिम ?

समूह ए

ओलम्पिक लियोन (फ्रान्स)
रेन्जर्स एफसी (स्कटल्यान्ड)
एसी स्पार्टा प्राहा (चेक रिपब्लिक)
ब्रोन्डी आइएफ (डेनमार्क)

समूह बी

नापोली (इटाली)
लिसेस्टर सिटी (इंग्ल्यान्ड)
स्पार्टाक मोस्क्भा (रुस)
लिगिया वार्सजावा (पोल्यान्ड)

समूह सी

एएस मोनाको (फ्रान्स)
पिएसभी इन्डहोभन (नेदरल्यान्ड्स)
रियल सोसिडाड (स्पेन)
एसके स्टर्म ग्राज (अस्ट्रिया)

समूह डी

ओलम्पियाकोस (ग्रिस)
एइन्ट्राक्ट फ्राङ्कफर्ट (जर्मनी)
फेनरबेस (टर्की)
रोयल एन्टर्प (बेल्जियम)

समूह इ

लाजियो (इटाली)
एफसी लोकोमोटिभ मोस्क्भा (रुस)
मार्सेली (फ्रान्स)
गालातासारे (टर्की)

समूह एफ

बायर लेभरकुसेन (जर्मनी)
सेल्टिक (स्कटल्यान्ड)
रियल बेटिस (स्पेन)
फेरेन्च्भारोसी (हंगेरी)

समूह जी

एससी ब्रागा (पोर्चुगल)
एफके सर्भेना ज्वेज्डा (साइबेरिया)
लुडोगोरेट्स (बुल्गेरिया)
एफसी मिड्जिल्यान्ड (डेनमार्क)

समूह एच

डाइनामो (क्रोएसिया)
केआरसी जेन्क (बेल्जियम)
वेस्टह्याम युनाइटेड (इंग्ल्यान्ड)
एसके ¥यापिड विएन (अष्ट्रिया)