युरोपा लिग : युनाइटेड र मिलानले खेले बराबरी, भिल्लारियल विजयी

युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेग इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले बराबरी खेल्दा स्पेनिस क्लब भिल्लारियल विजयी भएको छ। बिहीबार राति भएको खेलमा युनाइटड र एसी मिलनले १–१ गोलको बराबरी खेल्दा भिल्लारियलले डाइनामो किभलाई २–०ले हरायो।

ृघरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । उसका लागि युवा खेलाडी अमद डियालोले गरे भने मिलानका साइमन केजेरले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । १२औं मिनेटमै मिलानले गोल गरेपनि भारमार्फत सो गोल रद्द भएको थियो । १२औं मिनेटमा फ्रान्क केस्सीले सो गोल भार मार्फत् ह्यान्ड भएपछि रद्द भएको थियो ।

खेलको ५० औं मिनेटमा युवा खेलाडी डियालोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। तर, खेलको इन्जुरी समयमा साइमन केजेरले गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो लेग खेल मिलानको मैदानमा हुनेछ । दोस्रो लेग मार्च १९ मा हुनेछ ।

यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब भिल्लारियलले डाइनामो किभलाई उसकै मैलानमा २–०ले हरायो। भिल्लारियलको जितमा पाओ टोरेसले ३०औं र राहुल अल्बिओलले ५२औं मिनेटमा गोल गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.