इपिएलः साउथह्याम्टनविरुद्ध एभर्टनको उत्कृष्ट कमब्याक

एभर्टनले साउथह्याम्टनविरुद्ध ३–१ को प्रभावशाली जित निकालेको छ। खेलमा सुरुवाती अग्रता साउथह्याम्पटनले लिएपनि उत्कृष्ट कमब्याक गर्दै एभर्टनले रोमाञ्चक जित निकालेको हो।

२२औं मिनेटमा गोल गर्दै एडम आर्मस्ट्रोङले साउथह्याम्पटनलाई सुरुवाती अग्रत दिलाएका थिए। बाँकी समयमा दुवै टिमले गोल नगरेपछि पहिलो हाफ १–० मा सकिएको थियो।

तर, सुदृढ मनस्थितिसहित मैदानमा ओर्लिएको एभर्टनले दोस्रो हाफमा तीन गोल फर्काउँदै जित निकाल्न सफल भयो।

एभर्टनका लागि ब्राजिललाई फुटबलको ओलम्पिक गोल्ड मेडल जिताउन मुख्य भूमिका खेलेका रिचार्लिसनले ४७औं मिनेटमा पहिलो गोल गरेका थिए भने डुकुरेले ७६औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए।

यस्तै, डोमिनिक काल्भर्ट–लेविनले ८१औं मिनेटमा तेस्रो गोल थप्दै एभर्टनको जित सुनिश्चित गर्न सफल भए।