°
, May 29, 2023 in
0

रियल मड्रिड स्टार रोड्रिगेज एभर्टनमा

SHARE:

प्रिमियर लिग क्लब एभर्टनले स्पेनिस क्लब रियल मड्रिडका स्टार विंगर जेम्स रोड्रिगेजलाई अनुबन्ध गरेको छ । कोलम्बियन अट्याकिङ मिडफिल्डर जेम्स रोड्रिगेज स्पेनिस क्लबमा ६ वर्ष बिएताएर इंग्लिस क्लब आएका हुन् ।

रोड्रिगेजलाई एभर्टनले २० मिलयन पाउण्डमा अनुबन्धन गरेको हो । रोड्रिगेजले एभर्टनले उनीसँग २ वर्षको सम्झौता गरेको छन् । र, उनलाई एभर्टनले अर्को एक वर्ष थप बस्ने विकल्प समेत दिएको छ।

रियलकै पूर्वप्रशिक्षक कार्लो एन्सोलोटीले रोड्रिगेजलाई एभर्टन ल्याएका हुन् । एन्सोलोटीले नापोलीमै हुँदा पनि रोड्रिग्वेजलाई इटाली लान खोजेका थिए ।

एभर्टनसँग सम्झौता गरेपछि २९ वर्षीय रोड्रिगेजले राम्रो इतिहास भएको क्लब र आफूलाई चिन्ने प्रशिक्षक खेल्न पाउँदा आफू अन्त्य खुसी भएको बताएका छन् । उनले भनेका छन्, ‘ यो उत्कृष्ट क्लबमा अनुबन्ध हुन पाउँदा म एकदमै खुशी छु । क्लबको इतिहास राम्रो छ र यहाँ मलाई चिन्ने प्रशिक्षक पनि छन् ।’

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेपछि रियल मड्रिडले उनलाई अनुबन्ध गरेको थियो । तर, उनले रियलमा सोचे अनुरुपको प्रदर्शन भने गर्न सकेनन् । रियलमा प्रशिक्षकका रुपमा जिनेदिन जिदानको आगमन भएपछि रोड्रिगेजले रियलमा खेल्ने कमै मात्र मौका पाएका थिए ।

रियलमा स्थान पाउन छाडेका पछि उनले जर्मन क्लब बायर्न म्युनिखमा २ सिजन लोनमा बिताएका थिए । उनले रियलका लागि चार सिजन खेल्दै १२५ खेलमा ३७ गोल गरेका छन् । यस्तै कोलम्बियाको राष्ट्रिय टिमका लागि भने ७६ खेलमा २२ गोल गरेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *