कार्लो एन्सोलोटीको टिम एभर्टनले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ले पराजित गर्दै एभर्टनले लिगमा लगातार तेस्रो जित निकाल्दै लिगमा उत्कृष्ट सुरुवात गरेको हो।
लगातार तेस्रो जितसँगै एभर्टन ९ अंकका शीर्ष स्थानमा उक्लिएको छ । उसले यसअघिका दुई खेलमा टोटनह्यामलाई २–१ र वेस्ट ब्रुमलाई ५–२ले पराजित गरेको थियो। ६ अंक जोडेको लेःटर सिटी दोस्रो स्थानमा छ। यसअघिका दुवै खेल जितेको क्रिस्टल प्यालेस ६ अंकका साथ पाचौं स्थानमा छ।
शनिबार राति भएको खेलमा एभर्टनलाई जित दिलाउन डोमिनिक कन्र्भट लेविन र रिचार्लिसनले एक एक गोल गरे भने क्रिस्टल प्यालेसका चिखोउ कोउयाटेले एक गोल फर्काए ।
खेलमा १०औं मिनेटमै एभर्टनले अग्रता लियो। उसका लेविनले गोल गरेका थिए। तीन खेलमा उनको यो पाचौं गोल हो। २६औं मिनेटमा कोउयाटेले गोल गरेको पछि क्रिस्टल प्यालेसले खेललाई १–१ को बराबरीमा ल्यायो।
४०औं मिनेटमा रिचार्लिसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई पुनः अग्रता दिलाए। क्रिस्टलका जोएल वार्डले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि एभर्टनले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा कुनै गोल नहुँदा एभर्टन २–१ले विजयी भयो।
सन् १०९३–९४ पछि एभर्टनले पहिलो पटक लिगमा सुरुवाती तीन खेलमा जित निकालेको हो ।