एक्सेल्सियर कप बिहीबारबाट

Read Time:1 Minute

द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिम सहभागी हुने छन् । खेल लिग कम नकआउट पद्धतिमा हुनेछ ।

संस्थापक निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोखिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कपको सुरुआत गरेको बताए ।

एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डीसीए कपको उपाधि स्टेपिङ स्टोनले जित्यो
Next post गिलको शतकमा टि–२०मा न्युजिल्यान्डमाथि भारतको कीर्तिमानी जित
Close