°
, June 2, 2023 in

लिभरपुल र चेल्सी एफए कपको अन्तिम ८मा, वेस्टह्याम बाहिरियो

SHARE:

प्रिमियर लिगका लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लिभरपुलले् नर्विच सिटीमाथि २–१को जित निकाल्दा चेल्सीले लुटन टाउनमाथि ३–२को संघर्षपूर्ण जित निकाल्दै अन्तिम यात्राको तय गरेका हुन्।

लिभरपुलको जितमा कोरियन विंगर ताकुमी मिनामिनोको दुई गरे। लिभरपुलका लागि मिनामिनोले खेलको २७औं र ३९औं मिनेटमा गोल गरे । नर्विचका लागि ७६औं मिनेटमा लुकास पिटर रुपले एक गोल फर्काए ।

चेल्सीले दुई पटक पछि परेको स्थिति उल्टाउँदै च्याम्पियनसिप क्लब लुटन टाउनलाई ३(२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । चेल्सीका लागि रोमेलु लुकाकुले ७८औं मिनेटमा विजयी गोल गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमै रिस बर्कले गोल गर्दै लुटनलाई अग्रता दिलाएका थिए । तर २६औं मिनेटमा सउल निगेजले चेल्सीका लागि बराबरी गोल फर्काए । ४०औं मिनेटमा ह्यारी कोर्निकले गोल गरेपछि लुटनले पहिलो हाफमा २(१ को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा त्यो कायम राख्न सकेन ।

चेल्सीका टिमो वेर्नरले ६८औं मिनेटमा गोल गर्दै खेल २(२ को बराबरीमा ल्याए । त्यसको दश मिनेटपछि लुकाकुले निर्णायक गोल गरे ।

यस्तै वेष्टह्याम भने प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा वेस्टह्याम साउथह्याम्पटनसँग ३–१ ले पराजित भयो।

SHARE: