बर्नलीलाई हराउँदै टोटनहम चौथो चरणमा

6 Jan, 2024

पेड्रो पोरोको उत्कृष्ट गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिग क्लब प्रतिद्वन्द्वी बर्नलीलाई १–० ले पराजित गर्दै शुक्रबार एफएकपको चौथो चरणमा प्रवेश गरेको छ । पोरोले ७८ औं मिनेटमा निर्णायक गोल गरे ।

सन् २००८ यता टोटनहमले कुनै उपाधि जित्न सकेको छैन् । तर यसपल्ट भने कम्तीमा कप उपाधिका लागि बलियो प्रत्यासी देखिएको छ ।

तेस्रो चरणको अर्को खेलमा फुहमले दोस्रो डिभिजनको च्याम्पियनसिप क्लब रोथरह्यामलाई १–० ले हरायो । यस्तै ब्रेन्टफोर्ड र उल्भ्सले भने १–१ को बराबरी खेले । यी दुई टिमबीच चौथो चरण पुग्नेको निर्णयका लागि अब रि–म्याच खेल्नु पर्नेछ।