त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा फर्पिङ फुटबल क्लब विजयी भएको छ। सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा निरज श्रेष्ठ र गणशे लावतीको ह्याट्रिक मद्दतमा फर्पिङले फेलोसिपलाई ११–०ले हरायो।
फर्पिङको जितमा निरज श्रेष्ठले ह्याट्रिकसहित ४ गोल गर्दा गणेश लावतीले ह्याट्रिक गरे। यस्तै नरकुमार राईले दुई गोल गर्दा पूर्वराष्ट्रिय खेलाडी अनिल गुरुङ र सल्यान खड्गीले एक–एक गोल गरे ।
फुटबलर्स मिसन टुगेदरले आयोजना गरेको प्रतियोगितामा २१ टिम सहभागी छन् । २१ टिमलाई ७ समूहमा विभाजन गरिएको छ । प्रत्येक टिमका समूह विजेता र उपविजेता मध्ये उत्कृष्ट एक टिम नकआउट चरणमा प्रवेश गर्नेछ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले प्रायोजन गरेको छ।
फुटबल फेलोसिपको भने यो लगातार दोस्रो पराजय हो । यस अघि फुटबल फेलोसिपले नेपाल आर्मी भेट्रान्स क्लबसँग ७–१ ले पराजित भएको थियो।