पक्राउ परे बार्सा लिजेन्ड ड्यानी अल्भेस

Read Time:1 Minute

ब्राजिल तथा बार्सिलोनाका लिजेन्ड डिफेन्डर ड्यानी अल्भेस पक्राउ परेका छन्। यौन दुव्र्यवहारको आरोपमा अल्भेसलाई प्रहरीले बार्सिलोनाबाट पक्राउ गरेको हो।

गत डिसेम्बर ३० को राति सटन नाइट क्लबमा युवतीको गोप्य अंगमा छोएको भन्दै अल्भेसविरुद्ध बार्सिलोना प्रहरीमा उजुरी परेको थियो। ती युवतीले जनवरी २ मा आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै उजुरी दिएकी थिइन्।

अल्भेसलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । अब उनलाई अदालतमा उपस्थित गराइनेछ। उनका विषयमा थप जानकारी दिन प्रहरीले अस्वीकार गरेको अन्तर्राष्ट्रि समाचार एजेन्सीहरुले जनाएका छन्।

३९ वर्षीय भेट्रान डिफेन्डर अल्भेस उनी मेक्सिकोको क्लब युनिभर्सिटी नेशनल (पुमास)मा आबद्ध छन्।

यसअघि पनि उनी माथि दुर्व्यहारको आरोप लागोको थियो । अनुसन्धानपछि सफाइ पाउँदै उनी पुमासको टिममा फर्किएका थिए।

Happy
Happy
10 %
Sad
Sad
75 %
Excited
Excited
1 %
Sleepy
Sleepy
3 %
Angry
Angry
1 %
Surprise
Surprise
9 %
Previous post ए डिभिजन लिगका तालिका सार्वजनिक, खेल च्यासल र दशरथ रंगशालामा हुने
Next post पिएम कप महिला क्रिकेट : उपाधिका लागि प्रदेश १ र सुदुरपशिचम भिड्ने
Close