°
, May 29, 2023 in

गोलको खडेरीमा बार्सिलोना, गेटाफेसँग रोकियो

SHARE:

लिग लिडर बार्सिलोना ला लिगामा गोलको खडेरीबाट जुग्रिरहेको छ। बार्सिलोना पछिल्ला ३ खेलमा गोल गर्न असफल भएकोछ।

बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा गेटाफेसँग गोलरहित बराबरी खेलेको छ। गोलको खडेरीबाट गुज्रिरहेको बार्सिलोना लगातार तेस्रो खेलमा पनि गोल गर्न चुकेको हो।

यस नतिजाका बावजुद पनि बार्सिलोनालाई शीर्ष स्थानमा ११ अंकको अग्रता प्राप्त छ । लिगमा नौ चरणको खेल बाँकी छन् । बार्सिलोनाको ७३ अंक छ । ६२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।

यसअघि जिरोनासँग पनि गोलरहित बराबरी खेलेको बार्सिलोना कोपा डेल रेमा रियल म्याड्रिडसँग ४–० ले पराजित भएको थियो।

अब बार्सिलोनाले अर्को साता एटलेटिको म्याड्रिडको सामनना गर्नेछ । एटलेटिकोले आइतबार लगातार छैटौं जित निकाल्ने क्रममा आल्मेरियालाई २–१ ले हराउँदै ६० अंक प्राप्त गरेको छ ।

SHARE: