°
, June 1, 2023 in

बायर्नले भित्र्यायो म्यान्चेस्टर सिटीका स्टार डिफेन्डर

SHARE:

जर्मन जाइन्ट बायर्न म्युनिखले इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्टार डिफेन्डर जोआ क्यान्सेलो भित्र्याएको छ। २८ वर्षीय पोर्चुगिज डिफेन्डर बायर्नले लोनमा अनुबन्धन गरेको हो।

सिटीले ७० मिलियन युरोपमा किन्नसक्ने सुविधासहित क्यान्सेलोलाई बायर्न पठाएको हो।

कतार विश्वकपपछि सिटीमा क्यान्सेलोले खेल्ने निकै कममात्र अवसर पाएका थिए। थोरैमात्रै खेल्ने अवसर पाएपछि क्यान्सेलो सिटी छाड्ने पक्षमा पुगेका थिए।

सिटीले क्यान्सेलोलाई सन् २०१९मा इटालियन क्लब युभेन्ट्सबाट अनुबन्धन गरेको थियो । उनका लागि सिटीले डोनिलो दिएर २७.४ मिलियन पाउण्ड खर्चिएको थियो।

सिटीमा ४ सिजन बिताउँदै उनले १५४ खेल खेल्दै १० गोल गरेका छन्। यसबीचमा उनले २ प्रियिमर लिग र कारबाओ कप उपाधि जितेका छन्।

SHARE: