चितवनले भित्र्यायो इजिप्टका दुई खेलाडी

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनले विदेशी खेलाडीका रुपमा इजिप्टका दुई खेलाडीलाई अनुबन्ध गरेको छ।

चितवनले इजिप्टका अहमद मोहम्मद गबला र अल सायद शाबनलाई अनुबन्धन गरेको हो। दुवै खेलाडी शुक्रबार नै नेपाल आइसकेका छन्। एफसी चितवनले दुवै खेलाडीलाई स्वागत गरेको फोटो फेसबुकमा राख्दै इजिप्टका दुई खेलाडी टिममा आबद्ध भएको जनाएको छ।

राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास मार्की खेलाडी रहेको चितवनमा विशाल सुनुवार, विकास खवास, टेक बुढाथोकी, विकास तामाङ लगायत खेलाडी छन् । चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् ।

चितवनले १३ गते ललितपुर सिटी एफसीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। प्रतियोगिता ११ वैशाख देखि १ जेठसम्म दशरथ रंगशालामा आयोजना हुनेछ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो। प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ। लिगका शीर्ष ४ टिमले प्लेअफ खेल्ने छन्। शीर्ष दुईले प्लेअफको क्लालिफायर खेर्ने छन् भने तेस्रो र चौथो एलिमिनेटर खेल्ने छन् । क्वालिफायरको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित हुनेले फाइलन पुग्नका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.