फेडेरर, नाडाल र जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा

डिफेन्डिङ च्याम्पियन राफेल नाडाल, रोजर फेडेरर र नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।

तेस्रो वरीयताका स्पेनी खेलाडी नाडालले रिचर्ड ग्यास्क्वेटलाई ६–०, ७–५ र ६–२ ले हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरेका हुन् । अब उनले क्यामरुन नुरीको सामना गर्नेछन् । नुरी दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई पराजित गर्दै तेस्रो चरण प्रवेश गरेका थि ।

यस्तै, शीर्ष वरीयताका नोभाक जोकोभिच उरुग्वेका पाब्लो कुभासलाई ६–३, ६–२ र ६–४ ले हराउँदै ले पनि तेस्रो चरण प्रवेश गररेका छन् । यस्तै आठौं वरीयताका रोजर फेडेरर क्रोएसियाका मारिन चिलिचको चुनैति ६–२, २–६, ७–६ र ६–४ ले पन्छाएउँदै तेस्रो चरण प्रवेश गरेका छन् ।

Facebook Comments Box