स्पेनिस क्लब बार्सिलोनाका विंगर फेरान टोरेस प्रतिबन्धमा परेका छन्।
ला लिगाअन्तर्गत गत आइतबार भएको एट्लेटिको मड्रिडविरुद्धको खेलमा एट्लेटिकोका डिफेन्डर स्टेफन साविचसँग मैदानमै ‘रेस्लिङ’ खेलेका टोरेसलाई ला लिगाले २ खेलको प्रतिबन्ध लगाएको हो।
खेलको अन्तिम मिनेटमा टोरेस र साविचले मैदानको मध्यभाग झगडा गरेका थिए। लगत्तै रेफ्रिले दुवै जनालाई रातो कार्ड देखाएका थिए। टोरेससँगै साविचलाई पनि प्रतिबद्ध लगाइएको छ।
यो प्रतिबन्धसँगै टोरेसले गेटाफे र जिरोनाविरुद्धको खेल गुमाउने छन्। टोरेसको प्रतिबन्धसँगै यी दुई खेलमा बार्सिलोना दबाबमा हुने छ। यसअघि नै उसका मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पनि प्रतिबन्धकै कारण यी दुइृ खेल गुमाउने पक्का भएको थियो।
दुई खेल प्रतिबन्त्र लागेपनि टोरेसले सुपर कोपा अन्तर्गत रियल बेटिसविरुद्धको सेमिफाइनल र सम्भावित फाइनल भने खेल्ने छन्।