नेपाली महिला फुटबल टिममले फिफा वरीयता सुधार गरेको छ। फिफाको नयाँ अपटेड अनुसार नेपाली महिला टिम ३ स्थान सुधार गर्दै शीर्ष सयभित्र अटाएको छ।
यसअघि १०३औं वरियतामा रहेको नेपाल नयाँ वरियतामा १००औं स्थानमा आएको छ। यता, एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ।
गत फेब्रुअरीमा नेपाली महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो ।
दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल भन्दा अघि रहेको भारत ६१औं स्थानमा छ । साफ महिला च्याम्पियनसिपको उपाधि जितेको बंगलादेश १४०औं स्थानमा छ ।