स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। यसैसिजन क्लब भित्र्याइएका विंगर फेरान टोरेस चम्किएपछि बार्सिलोनाले ओसासुनामाथि ४–०को जित निकाल्यो ।
बार्सिलोनाको जितमा टोरेसले २ गोल गरे भने पिएरे अमेरिक ओबामियाङ र रिकी पुइचले गोल गरे। १४औं मिनेटमा टोरेसको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लियो । बार्सिलोनाका गाभीलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा टोरेसले गोल गरेका थिए।
२१औं मिनेटमा टोरेसले नै बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसपटक उनले ओसमान डेम्बेलेको पासलाई सदुपयोग गरे। २७औं मिनेटमा ओबामियाङले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–०को अग्रता लियो। उनले पनि डेम्बेलेकै पासमा गोल गरेका थिए।
पहिलो हाफमा ३ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप १ गोल ग¥यो । पुइचले ७५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । उनले मैदान प्रवेश गरेको २ मिनेटमै गोल गरेका हुन्।
जितसँगै बार्सिलोना पुनः तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २७ खेलमा ५१ अंक जोडेको छ। यता, समान अंक भएपनि एट्लेटिको चौथो स्थानमा छ।