°
, June 1, 2023 in

साफ यू–१८ महिला च्याम्पियनसिपका नेपाली टिमको घोषणा, भक्तपुरकी मचामसी पनि टिममा

SHARE:

आसन्न साफ यू–१८ महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्ष्इाक दर्शन भक्तराज लावतीले प्रतियोगिताको २३ सदस्यी टिम घोषणा गरेका हुन्।

दुई सातादेखि बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट भारतमा हुने प्रतियोगिताका टिम घोषणा गरिएको हो । बिहीबार घोषणा गरिएको टिममा भक्तपुरकी अञ्जली मचामसी पनि परेकी छिन्।

भक्तपुरबाट यू–१८ टिममा २० वर्षपछि प्रतिधित्व भएको हो । उनी भक्तपुर किंग्स फुटबल एकेडेमीमा आबद्ध छिन्।

प्रतियोगिताका भारतको जाम्सेदपुरमा मार्च १५ देखि २५ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारत र बंगलादेश गरी तीन देश मात्र सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतको सामाना गर्ने भएको छ। यस्तै, नेपालले दोस्रो खेल मार्च १७मा बंगलादेशसँग खेल्ने छ । दोस्रो लेगमा नेपालले मार्च २१ मा भारत र मार्च २३ बंगलादेशसँग खेल्नेछ।

डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ। प्रतियोगिताका लागि नेपाली टिम शनिबार भारत प्रस्थान गर्नेछ ।

नेपाली टिम : सावित्री किसन, लिला जोशी, पुजा थापा (गोलकिपर), सविना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावल, सरस्वती हमाल, प्रिती राई, सुनकला राई, अन्जली मचामसी, सराह बज्राचार्य, जेनिफर राना, सरिष्मा थापा, सदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइ, गरिमा राई ।

SHARE: