काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगका बाँकी दुई चरणका खेल पनि त्रिपुरश्वरसिथ्त दशरथ रंगशालामै हुने भएको छ। एन्फाले सोमबार लिगका तेस्रो र चौथो चरणका खेल दशरथ रंगशालामै हुने जनाएको छ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले यो पटक लिग ४ रंगशालामा आयोजना हुने बनाएको थियो । उसले दशरथ रंगशालासँगै च्यासल मैदान, एन्फा कम्पलेक्स र केही पोखरा रंगशलामा गराउने भनेको थियो।
लिग अन्य मैदानमा पनि खेलाउने भनिएको एन्फा कम्प्लेसमा महिला राष्ट्रिय टिम र यू–१९ महिला टिम प्रशिक्षण चलिरहेको र च्यासल मैदान पूर्ण रुपमा तयार हुन बाँकी नै रहेकले तेस्रो र चौथो चरणका खेल पनि दशरथ रंगशालामा आयोजना गरिने भएको हो।
सोही अनुसार सोमबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ। तेस्रो चरणको पहिलो खेल मंसिर १७ गते शुक्रबार फ्रेन्ड्स र थ्री स्टार क्लबबीच हुनेछ । त्यही दिन सातदोबाटो र एपीएफ फुटबल क्लबबीच पनि खेल हुनेछ ।
यस्तै चौथो चरणका खेलहरू मंसिर २४ देखि २७ गतेसम्म हुने तालिका एन्फको छ। चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्ने छ।