°
, May 29, 2023 in
0

गुन्डोगान चम्किएपछि टोटेनह्यामाथि म्यान्चेस्टर सिटीको सानदार जित

SHARE:

पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। जर्मन मिडफिल्डर इल्के गुन्डोगानले उत्कृष्ट प्रदर्शन गरेपछि शनिबार राति भएको खेलमा सिटीले टोटेनह्याममाथि ३–०को सानदार जित निकाल्यो ।

सिटीको जितमा गुन्डोगानले दुई गोल गरे भने अर्को गोल रोड्रीले गरे । ३२औं मिनेटमा रोड्रीले पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। गुन्डोगानलाई पिइरे इमाइलले डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो।

५०औं मिनेटमा रहिम स्टर्लिङको पासमा गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६६औं मिनेटमा गुन्डोगानले नै गोल गरेपछि सिटीले ३–०को सहज जित निकाल्यो ।

उत्कृष्ट फर्ममा रहेको सिटीको सबै प्रतियोगितामा गरी कीर्तिमानी लगतार १६औं जित हो । ऊ २३ खेलयता अपराजित छ, अन्तिम पटक सिटी गत नोभेम्बरमा टोटनह्यामसँगै २–०ले पराजित भएको थियो । प्रिमियर लिगमा उसको यो लगातार ११औं जित हो।

शनिबार राति नै भएका अन्य खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई ३–० गोलले पराजित गर्दा ब्राइटन र एस्टन भिल्लाले भने गोलरहित बराबरी खेलेका छन्।

यो जितसँगै सिटीले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । उसको २३ खेलमा ५३ अंक भएको छ । २४ खेलमा ४६ अंकका साथ लेस्टर दोस्रो स्थानमा छ । पराजित टोटेनहमको भने २३ खेलबाट ३६ अंक छ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *