°
, June 7, 2023 in

ए डिभिजनका चार क्लबले भने– क्लबसँगको सम्झौता बाँकी रहँदै अक्सन गर्नु गलत, तर खेलाडीलाई मर्कामा पार्दैनौं

SHARE:

ए डिभिजन क्लबहरुले क्लबसँगकौ सम्झौता नसकिइ खेलाडीका लागि अक्सन गरिनु गलत भएको बताएका छन्। ए डिभिजन लिग चार क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै हिद स्मारक ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको जनाए ।

ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब र संकटाले क्लबसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि खेलाडी अक्सन गर्नु नियम विपरित भएको भएको थियो।

उनीहरूले यस विषयमा एन्फाले क्लबहरूसँग छलफल गर्नुपर्ने बताउँदै एन्फाले बेवास्ता गरेको गुनासो पनि गरे । आफ्ना मागहरूको सुनुवाई नहुने हो भने कानुनको सहारा लिनुपर्ने अवस्थासम्म आउने क्लबहरुले चेतावनी पनि दिए ।

क्लबसँगको खेलाडीको सम्झौता नसकी एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले खेलाडीको अक्सन गरेपछि ए डिभिजन क्लब र एनएसएलबीचको विवाद अहिले उत्कृर्षमा छ ।

एनएसएल आयोजकले खेलाडी किनबेचका अक्सनको तयारी गरेपछि ए डिभिजनका ८ क्लबहरुले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेख्दै अक्सन रोकेर छलफल गर्न अनुरोध गरेका थिए। सोही अनुसार एन्फाले अक्सन रोक्न एनएसएललाई पत्र पनि लेख्यो, तर अक्सन भने रोकिएन । त्यसपछि क्लबहरू थप चिढिएका थिए ।

आइतबारको पत्रकार सम्मेलनमा एन्फालाई पत्र खेल्नेमध्ये ४ क्लबमा उपस्थित थिए । मछिन्द्र फुटबल क्लब, सातोदाबोटो युथ क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्।

मंगलबार बस्ने एन्फाको बैठकमा ‘क्लब–एनएसएल’ विवादका विषयमा छलफल गर्न पनि क्लबहरूले माग गरेका छन् । उनीहरुले बैठकमा आफूहरुको विषयले प्रवेश पाएन भने अर्को कदम चाल्ने पनि उनीहरुले बताए । उनीहरूले एन्फामा रहेका आफ्ना प्रतिनिधिहरु पनि फिर्ता बोलाउन सक्ने चेतावनी पनि दिए। ‘आवश्यक प¥यो भने त्यो पनि गर्न सक्छौं । त्यो अवस्था नआओस् भन्नका लागि हामीले यो पत्रकार सम्मेलन गरेका हौं,’ संकटा क्लबका कार्यबहाक अध्यक्ष सुरेन्द्र सिख्राकारले भने।

क्लबसँग खेलाडीको सम्झौता बाँकी नै रहेको अवस्थामा क्लबहरूलाई जानकारी नै नदिई खेलाडी बोलकबोल गर्नु आपत्तिजनक थ्री स्टारका महासचिव संजिव सिल्पकारले बताए । उनले भने, ‘हामी सबै समस्याको हल छलफलबाट होस् भन्ने चाहन्छौं । तर सुनुवाई भएन भने हामी त्यसै बस्दैनौं, कानुनी बाटो पनि समात्नु पर्ने हुन सक्छ ।’ उनले खेलाडी सुरुवाका लागि रिलिज लेटर अनिवार्य भए पनि आफूहरुसँग सामान्य कुराकानी पनि नगरेको बताए।

यस्तै, एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीले क्लबमा खेलाडीको अनुबन्धन २०८० सम्मको रहेको भएपनि बताउँदै त्यसलाई पुरै वेवास्था गरिएको उल्लेख गरे । उनले आफूहरुसँग सल्लाह नै नगरी अक्सन गरिनु गलत भएको बताए । तर, उनले एनएसएललाई मर्का पार्ने पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे।

‘क्लबहरूले आफ्नो लगानीमा सञ्चालनमा रहेका एकेडेमीका उमर समूहका खेलाडी र आधिकारिक ए डिभिजन क्लबलगायत बी र सी डिजिभनका क्लबहरू तथा जिल्ला फुटबल संघहरुको भविष्य पनि समाप्त हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरुले यस विषयमा एन्फाले छलफल गरी क्लबहरुलाई आश्वस्त पार्न पनि एन्फा नेतृत्वलाई आग्रह गरेका छन्।

SHARE: