जर्मनी समूह चरणबाटै बाहिरियो

Read Time:2 Minute

चार पटकको च्याम्पियन जर्मनी कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ। समूहको अन्तिम खेलमा कोस्टारिकाविरुद्ध जित निकाले पनि जापानले स्पेनलाई हराएपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो।

कोस्टारिकाविरुद्ध ४-२को जित निकालेको जर्मनीको ४ अंक भएपनि ऊ स्पेनसँग गोलअन्तरमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो। जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको यो लगातार दोस्रो पटक हो। यसअघि रसिया विश्वकपमा पनि उ समूह चरणबाटै बाहिरिएको थियो।

समूह एफबाट आश्चर्यजनक रुपमा जापान समूह विजेता बन्दा स्पेन उपविजेता बन्यो।

कोस्टारिकाविरुद्ध जर्मनीलाई जित दिलाउन काइ हाभर्ट्जले २ तथा सर्ज गनाब्री र निक्लस फुलक्रुगले गोल गरे। कोस्टारिकाका याल्टसिन टेजेडा गोल गरे भने अर्का गोल जर्मनीका गोलकिपरले आत्मघाती गरेका थिए।

१०औं मिनेटमा गनाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफ १-०मै सकियो। ५८औं मिनेटमा टेजेडालो गोल गर्दै खेलालाई बराबरीमा ल्याए। ७०औं मिनेटमा म्यानुअल नोयरले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा कोस्टारिकाले अग्रता लियो।

तर, ७३ र ८५औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए। ८९ मिनेटमा फुलक्रुगले गोल गरेपछि जर्मनीको जित पक्का भयो। तर, यो जित उसलाई नकआउट पुर्याउन पर्याप्त भएन।

Happy
Happy
50 %
Sad
Sad
25 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
4 %
Surprise
Surprise
21 %
Previous post जापानको चामत्कारिक प्रदर्शन, स्पेन र जर्मनीलाई हराउँदै बन्यो समूह विजेता
Next post ३६ वर्षपछि नकआउट पुग्यो मोरक्को
Close