अन्तर्राष्ट्रिय फुटबलबाट भरानले लिए सन्न्यास

Read Time:3 Minute

फ्रेन्च डिफेन्डर राफेल भरान अन्तर्राष्टिय फुटबलबाट सन्न्यास लिएका छन्। विश्वकप सकिएको करिब २ महिनापछि २९ वर्षीय स्टार डिफेन्डर भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

सन् २०१३मा फ्रेन्च डिममा डेब्यू गरेका भरानले ९३ क्याप जितेका छन्। इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने भरानको फ्रान्सका लागि कतार विश्वकपको फाइनल नै भयो। अर्जेन्टिनाविरुद्धको सो फाइलनमा उनलाई ११३औं मिनेटमा इब्रहिम कोनाटेले रिप्लेस गरेका थिए।

भरानको फुटबल करिअर निकै सफल छ। फ्रान्सका लागि सन् २०१८ मा विश्वकप उपाधि जितेका उनले सन् २०२१मा नेसन्स लिग जितेका थिए। क्लब फुटबलमा पनि उनी सफल छन्। उनले रियल मड्रिडबाट सन् २०१४, २०१६, २०१७ र २०१८मा गरी चार च्याम्पियन्स लिग उपाधि जितेका छन्।

एक दशक फ्रेन्च टिममा बिताउँदा भरानले ९३ खेलमा ५ गोल गरेका छन्।

इन्स्टाग्राममा लामो पोस्ट लेख्दै भरानले परिवारलाई पर्याप्त समय दिन अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको उल्लेख गरेका छन्। उनले एक दशकसम्म फ्रान्सको प्रतिनिधित्व गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्। ।

‘केही महिनादेखि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने विषयमा सोचिरहेको थिएँ, र मलाई लाग्यो फ्रेन्च टिमका लागि मेरो जुत्ता बिसाउन यो सही समय हो । सन् १९९८ को विश्वकप हेर्दै गर्दा मैले फ्रान्सलाई च्याम्पियन बनाउने नायकहरूको अनुकरण गर्ने सपना देखेका थिएँ। २० वर्षपछि रुसमा २०१८ को विश्वकप जितेर हासिल गरेको उपलब्धि मेरो जीवनको सबैभन्दा ठूलो र अविस्मरणीय पलहरू मध्ये एक हो,’ भराने लेखेका छन्।

भरानले फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प, टिमका स्टाफ, टिममेट साथीहरू र फ्रान्सेली समर्थकहरूलाई यो यात्राका क्रममा दिएको समर्थन र मायाका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘म पक्कै पनि ती पलहरू सधैं मिस गर्नेछु। हामीसँग प्रतिभाशाली युवा खेलाडी छन्, उनीहरुलाई ठाउँ दिनुपर्छ । उनीहरु त्यसका लागि योग्य छन्, उनीलाई तपाईंको साथ र सहयोथको आवश्यकता पर्छ । हृदयदेखि नै तपाईंहरुलाई धन्यवाद ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मुख्य प्रशिक्षक यम गुरुङ भन्छन्– तयारी राम्रो भएको छ, प्रतियोगिताका लागि तयार छौं
Next post बन्द प्रशिक्षणमा सन्दीप र प्रतिश थपिए, विनोद, शरदसँगै १० खेलाडी बाहिरिए
Close