°
, June 7, 2023 in

फ्लुले फ्रान्सलाई तनाव

SHARE:

विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्सलाई फ्लुले तनाव दिलएको छ। अर्जेन्टिनासँगको फाइनल अघि उसका तीन मूख्य खेलाडी फ्लुबाट ग्रसित छन्, र फाइनल खेल्ने नखेल्ने द्विविधा छ।

फ्लुकै कारण एड्रियन राबियो र डायोट उपामेकानो मोरक्कोविरुद्धको सेमिफाइनल खेल्न सकेनन्। फाइनलअघि किंग्स्ले कोमनलाई फ्लु देखिएपछि फ्रेन्च टिम दबाबमा परेको हो,

सेन्टर डिफेन्डर उपामेकानो आइतबारसम्म ठीक हुने मुख्य प्रशिक्षक डेसच्याम्प आशामा छन्। ‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ । ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ,’ डेसच्याम्पले भनेका छन्।

फ्लुले फ्रेन्च टिममा तनाव दिइरहेका वेला मुख्य स्ट्राइकर करिम बेन्जिमा फाइनल खेल्ने चर्चा चलेको छ। प्रतियोगिता अघि चोटका कारण खेल गुमाएका उनी चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएकाले उनी फाइनल खेल्ने चर्चा चलेको हो।

SHARE: