फ्रान्ससँगको हारसँगै नेसन्स लिगबाट बाहिरियो पोर्चुगल

Read Time:2 Minute

युईएफए नेससन्स लिगका पोर्चुगलले पहिलो पराजय बेहोरोको छ । नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल विश्वविजेता फ्रान्ससँग १–०ले पराजित भयो ।

यो हारसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । लिग एको समूह ३ मा पहिलो हार बेहोरोको पोर्चुगल ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा छ । अपराजित फ्रान्स १३ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्ससँग ३ अंकले पछि परेको पोर्चुगल हेट टु हेडमा पनि पछिरहेपछि प्रतियोगिताबाट बाहिरएको हो ।

यो समूहबाट फ्रान्स फाइलनल्समा प्रवेश गरको छ । दोस्रो स्थानमा रहेको पोर्चुगल लिग एमै रहने छ । समूहको अन्तिम खेलमा फ्रान्सले स्वीडेन तथा पोर्चगलले क्रोएसियासँग खेल्ने छ । लिगको पुछारमा रहेका स्वीडेन र क्रोएसियामध्ये १ टिम रेलिगेशनमा पर्ने छन्।

फ्रान्सलाई जित दिलाउन एनगोलो कोन्टेले निर्णाक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा कोन्टेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल नहुँदा पोर्चुगल समूह चरणबाटै बाहिरियो।

खेलमा पोर्चुगलले फ्रान्सलाई दबाबमा राखेको थियो । पोर्चुगलले ५१ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गरेको ६ सट फ्रेममा थियो । यता फ्रान्सले १३ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सलाहलाई कोरोना संक्रमण
Next post रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो, जर्मनी विजयी
Close