आजा कतार विश्वकपको फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्दैछ। फाइनल पुग्ने दोस्रो टिम फ्रान्स र मोरक्को मध्ये एक हुनेछन्। फ्रान्स र मोरक्कोबीचको खेल आज राति १२:४५ बजे अल बायत स्टेडियममा हुनेछ।
कतारमा सनसनीपूर्ण प्रदर्शन गरेको मोरक्को फाइलन पुग्दो इतिहास बनाउने दाउमा छ। यता, फ्रान्स पनि लागतार दोस्रो पटक फाइलन पुग्दै उपाधिरक्षा गर्न अभियानमा छ। अन्डर डगमा रुपमा उदाएको मोरक्कोले पेश गर्नै संगठित डिफेन्स र सन्तुलित फ्रान्सबीचको यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गर्नसकिन्छ ।
फ्रान्स भर्सेस मोरक्को भिडियो स्टोरी हेर्नुहोस्ः
बेल्जियम, स्पेन, पोर्चुगलजस्ता महारथीलाई हराएको मोरक्कोलाई फाइनलसम्म पुग्ने अवसर छ । त्यसका लागि अहिलेसम्म सबैभन्दा राम्रो खेल पस्किरहेको फ्रान्सलाई पराजित गर्नु अनिवार्य छ।
उसलाई खेलाडीको चोटले केही सताएको छ। मोरक्कोका सेन्टरब्याक नाएफ अगुर्ड र रोमेन साइस चोटका कारण खेल्नेमा शंका छ । अफ्रिकी टिमलाई केलियन एमबाप्पेको गति, पेनाल्टी क्षेत्रमा खतरनाक ओलिभर जिरुड, प्लेमेकर एन्टोइन ग्रिजमनका सटिक पासलाई रोक्न सजिलो हुने छैन ।

व्यक्तिगत कौशलका आधारमा फ्रान्सेली टिमसँग मोरक्कोलाई दाँज्न मिल्दैन । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै कीर्तिमानी जिरुडले ४ गोल गरेका छन् । प्रशिक्षक डेसच्याम्पले खेलाडीहरूले क्षमताअनुसार प्रदर्शन गरेमा फाइनल पुग्न गाह्रो नहुने बताएका छन् ।
फ्रान्स ६० वर्षयता उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा छ । ब्राजिलले सन् १९५८ मा च्याम्पियन भएपछि १९६२ मा उपाधि जोगाएको थियो ।
मुख्य स्ट्राइकर घाइते भएपनि फ्रान्सको टिम निकै सन्तुलित देखिएको छ। त्यो नै उसको मुख्य हतियार हो । उसँग स्ट्राइकरका रुपमा केलिएन एम्बाप्पे र अनुभवी ओलिभर जिरुड छन्, दुवै निकै फर्ममा छन्। दुवैले प्रतियोगितामा कुन ९ गोल गरेका छन्।
यता, मिडफिल्डमा युवा ओउरालेन चुवामेनी, अनुभवी एड्रियन राबिओट र एन्टोइन ग्रिजमन छन्।त्यसपछि दुई सिजन यता लय गुमाएका ग्रिजमन फर्ममा फर्किएका छन् । यो उसका लागि सबैभन्दा खुसीको कुरा हो।

डिफेन्स त उसको झनै बलियो छ। अभुनवी राफेल भरान, डायोट उपमेकानो, जुल्स कुन्डे र थियो हर्नान्डेजको जोडी प्रतियोगिता भर नै लयमा देखिएको छ।
एउटा टिमको रूपमा निकै राम्रो र संगठित खेल प्रदर्शन गरिरहेको ‘एटलस लायन्स’ पनि युरोप र दक्षिण अमेरिकाबाहिरको फाइनल खेल्ने पहिलो टिमको रूपमा इतिहास बनाउन चाहन्छ ।
फ्रान्सले मोरक्कोसँग विगतमा खेलेका ५ खेलमा हार बेहोरेको छैन । टोलीले तीन जित र दुई बराबरी नतिजा निकालेको छ । ती सबै खेल मैत्रीपूर्ण वा साना प्रतियोगिताका हुन् ।