फ्रेन्च लिग वानको नयाँ सिजन आजबाट सुरु हुँदै छ । आज राति १२ः४५ बजे मोनाको र नान्टेसबीचको खेलसँगै लिग वानको नयाँ सिजन सुरु हुँदैछ।
यो पटक लिग वानको मज्जा दर्शकहरुले मैदानमै गएर लिगन सक्ने छन्। कोरोना महामारीका कारण अघिल्लो सिजन विना दर्शन खेलाइएको छ।
लिग वानले रंगशालामा उपस्थित हुने दर्शकका लागि भ्याक्सिन अनिवार्य गरेको छ । यस्तै, भ्याक्सिन नलगाएको भए ४८ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरेको छ।
लिगको पहिलो चरणमा पिएसजीले शनिबार राति १२ः४५ बजे ट्रोयर्सको सामाना गर्ने छ भने शनिबार नै ८ः४५ बजे लियोनले ब्रेस्टको सामाना गर्ने छ। यस्तै, डिफेन्डिङ च्याम्पियन लिलले आइतबार राति मेट्जसँग खेल्दै उपाधि रक्षाको अभियान सुरु गर्ने छ।
अघिल्लो सिजन अप्रत्यासित रुपमा बलियो पिएसजीलाई पछि पार्दै लिग च्याम्पियन बनेको लिलेका लागि उपाधि रक्षा गर्नु त्यति सहज हुने छैन । किनभने यो सिजन पिएसजी थप बलियो भएको छ। उसले यो सिजन सर्जियो रामोस, जर्जिनियो विज्नाल्डम, जियानलुइजी डोनारुमा र अर्चरफ हाकिमीलाई अनुबन्धन गरेको छ भने पाउल पोग्बा र लियोनल मेसीलाई पनि भित्र्याउन चाहिरहेको छ।