नाडाल र जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

शीर्ष वरीयताका दुई खेलाडी राफेल नाडाल र नोभाक जोकोभिचले मंगलबार फ्रेन्च ओपनको दोस्रो चरणको यात्रा तय गरेका छन् ।

तेस्रो वरीयताका नाडाल २१औं ग्रान्डस्लाम एकल उपाधिको अभियानमा छन् । उनले अस्ट्रेलियाका एलेक्सी पोयरिनलाई सिधा सेटमा ६–३, ६–२ र ७–६ ले हराए ।

यस्तै सर्बियाका शीर्ष वरीयताका खेलाडी जोकोभिचले अमेरिकाका टेनेस सान्ग्रेनलाई हराए । त्यसमा जोकोभिच ६–२, ६–४ र ६–२ ले विजयी रहे ।

महिलातर्फ भने दुईपल्टकी ग्रान्ड स्लाम विजेता पेट्रा कोभिटोभाले चोटका कारण प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छिन् ।

Facebook Comments Box