°
, May 29, 2023 in

काठमाडौं–११ माथि स्पेनिस टिमको जित

SHARE:

स्पेनिस क्लब कासेरेन्योसँगको खेलमा काठमाडौं ११ पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा काठमाडौं–११ स्पेनिस क्लब कासेरेन्योले २–१ ले हरायो ।

दशरथ रंगशालामा कासेरेन्योलाई जित दिलाउन ल्भारो क्लाउस र डेभिड ग्रान्डे गोल गरे । काठमाडौं–११ का लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए ।

अल्भाराले ४० औं मिनेटमा गोल गर्दै कासेरेन्योलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो । ८३औं कासेरेन्योले अग्रता दोब्बर बनायो । उसका डेभिडले गोल गरेका थिए । ८६ औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै काठमाडौं–११लाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा कासेरेन्यो विजयी भयो।

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनको कप्तानीमा काठमाडौं–११ मा विमल घर्तिमगर, विशाल श्रेष्ठ, विकाश खवास, आयुष घलान, सुजल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरीलगायत खेलेका थिए।

मैत्रीपूर्ण खेलका लागि नेपाल खाएको दोस्रो डिभिजनको स्पेनिस क्लब कासेरेन्योले यसअघि पोखरामा भएको खेलमा गण्डकी–११ माथि ३–०को जित निकालेको थियो। लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योलाई नेपाल ल्याएको हो ।

SHARE: