ए डिभिजन क्लब धनगढीमा जारी खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ। धनगढी रंगशालामा बिहीबार खेलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो।
फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी र राजिव लोप्चनले गोल गरे भने बागमतीका ड्याडी बाम्बा जुनियरले गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । ७१औं मिनेटमा राजिवले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।
८३औं मिनेटमा बाम्बा जुनियरले गोल गर्दै बागमतीलाई खेलमा फर्काउने प्रयास गरे, तर त्यसपछि गोल नहुँदा फ्रेन्ड्स२–१ ले विजयी भयो।
सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधिका अब फ्रेन्ड्सले मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ। ऊ हिमालयन शेर्पालाई हराउँदै फाइनल पुगेको हो।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने छन्।