सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सानदार जित निकालेको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पा क्लबमाथि ६–०को फराकिलो जित निकाल्यो।
फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले पनि गोल गरे।
जितसँगै ९ खेलबाट ८ अंक बनाएको फ्रेण्ड्स रेलिगेसन क्षेत्र भन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।