लिगमा थ्री स्टार र फ्रेन्ड्सको रोमाञ्चक बराबरी

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिगमा स्टार क्लब र फ्रेण्ड्स क्लबले रोमाञ्चक बराबरी खेलेका छन्। मंगलबार च्यासल मैदानमा भएको खेलमा थ्री स्टार तीन पटकको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लबसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

च्यासल मैदानमा खेलको दोस्रो मिनेटमै अजयी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । तर १४औं मिनेटमा फ्रेण्ड्सका कुशलले बराबरी गोल फर्काए ।

२४औं मिनेटमा योगेश गुरुङले गोल गरि थ्री स्टारलाई फेरि अग्रता दिलाए । तर ४३औं मिनेटमा उक्तामोभले फ्रेण्ड्सका लागि बराबरी गोल फर्काए । पहिलो हाफ २–२को बराबरीमा सकियो।

बराबरीतर्फ अघि बढिरहेको खेलको ८७औं मिनेटमा प्रदिप लम्सालले गोल गर्दै थ्री स्टारलाई पुनः अग्रता दिलाए। तर कुशल फुयाँलले इन्जुरी समयमा गोल गर्दै फ्रेण्ड्सलाई हारबाट जोगाए।

योसँगै दुवै लिगमा लिगमा पहिलो अंक जोडेका छन्। फ्रेण्ड्स उद्घाटन खेलमा एफसी खुमलटारसँग पराजित भएको थियो भने थ्री स्टार एपीएफसँग पराजित भएको थियो ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
13 %
Surprise
Surprise
38 %
Previous post ए डिभिजन लिगमा चर्चा बोइजको लगातार दोस्रो जित
Next post यू–१७ महिला साफका लागि नेपाली टिम घोषणा
Close