Read Time:1 Minute
राष्ट्रिय वाणिज्य बैंक १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान)को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल आयल निगम ‘बी’, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’ तथा एभरेष्ट बैंक पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । फुटसल बुधबार सम्पन्न हुनेछ।
माघ २६ गतेदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु हुने पेस्डानका महासचिव एवं ब्याडमिन्टनका संयोजक रामविनय श्रेष्ठले जनाएका छन् । फुटसल र ब्याडमिन्टनको कुल पुरस्कार राशी २ लाख २५ हजार रुपैयाँ रहेको छ।