°
, May 29, 2023 in

मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टिम पराजित

SHARE:

नेपाली राष्ट्रिय फुटसल टिम मैत्रीपूर्ण खेलमा कीर्गिस्तानको क्लब फरवाटर एफसीसँग पराजित भएको छ। एसियन कप छनोट खेल्ने कीर्गिस्तान पुगेको नेपाली टिम शुक्रबार भएको मैत्रीपूर्ण खेलमा २–०ले पराजित भयो।

फरवाटरले खेलको २०औं र ४३औं मिनेटमा गोल गरेको थियो । फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुवै टोलीले राम्रो खेलेको भएपनि आजको खेलमा आफूहरु भाग्यमानी रहेको बताए।

बिहीबार भएको पहिलो मैत्रीपूर्णमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३–१ ले पराजित भएको थियो।

एएफसी फुटसल एसियन कप छनोट सेन्ट्रल र साउथ जोनमा नेपाल बीमा छ । यो समूहमा नेपाल सँगै उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान छन्।

नेपालले पहिलो खेलग उज्वेकिस्तानसँग चैत २७ मा खेल्ने छ दोस्रो खेल चैत २८मा ताजिकिस्तान तथा अन्तिम खेल अफगानिस्तानसँग चैत २९ गते खेल्ने छ।

SHARE: